श्रेणी : BANNER
      97Views
      
      
      0
      Shares
      
      
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले भनेका छन्,‘ मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला।’ प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत हुन् ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया