वीरगन्ज :

चीनसँग नयाँ शीतयुद्ध नगर्ने अमेरिकाको वाचा

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
19Views
0 Shares

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको मैत्रीपूर्ण भेटपछि चीनसँग कुनै नयाँ शीतयुद्ध नगर्ने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्ने कुरामा आफूलाई विश्वास नभएको समेत बताए ।

बाइडनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरूबिच भएको यो पहिलो भेटघाट हो । इन्डोनेशियाको एक टापुमा जी ट्वेन्टी शिखर सम्मेलन सुरु हुनुभन्दा एक दिनअघि बालीमा भएको भेटवार्तामा यी दुई शीर्ष नेताहरूले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए ।

तीन घण्टा लामो भेटमा दुई नेताले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए । बेइजिङद्वारा आफ्नो भूभाग दाबी गरिएको उक्त स्वशासित टापु राष्ट्रले अमेरिकालाई आफ्नो सहयोगी ठान्छ। र, यो राष्ट्र सधैँ अमेरिका–चीन सम्बन्धमा एउटा विवादको विषय बनेको छ ।

गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि तनाव चुलिएको थियो । उनी त्यहाँ गएपछि चीनले प्रतिक्रिया स्वरूप ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो जसले अमेरिका र चीनबिच सम्भावित द्वन्द्वको चिन्ता बढाएको थियो ।

सोमबार चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिनपिङले ताइवान चीनको चासोको विषय र अमेरिका–चीन सम्बन्धको पहिलो रेड लाइन भएको बताए र त्यसलाई नाघ्न नहुने चेतावनी दिए । पछिल्ला साताहरूमा अमेरिकी अधिकारीहरूले चीनले ताइवानमाथि आक्रमण गर्ने योजना बढाउन सक्ने चेतावनी दिँदै आएका छन् ।

बाइडनले आफूहरू समस्याको समाधान गर्नका निम्ति सरकारका प्रमुख अधिकारीहरू वार्ता गर्नेगरी एउटा संयन्त्र स्थापना गर्न सहमत भएको बताएका छन्। त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि चाँडै चीन भ्रमण गर्ने जानकारी उनले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *