वीरगन्ज :

सर्वोच्चद्वारा तोसिमाको उम्मेदवारी कायम

श्रेणी : BANNER

2 years
birgunj report
46Views
0 Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ। कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले अस्वीकार गरेको हो । सर्वोच्च अदालतले तोसिमाको उम्मेदवारी कायम राख्न सोमबार आदेश दिएको छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको उम्मेदवारी कायम गर्न सर्वोच्चले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो । सोही आदेशलाई निरन्तरता दिँदै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गरिदिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *