श्रेणी : खेलकुद
6Views
0
Shares
काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू–१९ महिला टि २० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल र बंगलादेश मिलेर यू–१९ महिला टि२० विश्वकप आयोजना गर्ने उल्लेख छ । २०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् ।
२०२५ को यू १९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु–१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् । यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन ।
प्रतिक्रिया