वीरगन्ज :

माछा छाप उम्मेदवार द्वविेदीको घरदैलो अभियान तिब्र, स्थानीयद्वारा आशिर्वाद सहित विजयीको शुभकामना

माछा छाप उम्मेदवार द्वविेदीको घरदैलो अभियान तिब्र, स्थानीयद्वारा आशिर्वाद सहित विजयीको शुभकामना

श्रेणी : BANNER

2 years
Pradeep Sah
24Views
0 Shares

वीरगंज (पर्सा), २३ कात्तिक ।

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार अजय द्विवेदी घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वीरगंज महानगरपालिकाको वडा नं. १३ राधेमाई टोलको घर घरमा पुगी द्विवेदीले मत माग्ने कार्यलाई तिब्रता दिएका हुन् । जनताहरुले ‘ मछरी जलकी रानी है , अब्कीर बार जितानी है ! छाप छाप मछरी छाप एक भोट मछरीमे , अजय द्विवेदी जिन्दाबाद , अजय द्विवेदी जिन्दाबाद ‘ भन्ने नारा लिएर घरदैलो अभियानलाई जारी राखे ।

जनता समक्ष मत मागि रहेका द्विवेदीलाई यस पटक जनताले आफ्नो अमूल्य मत दिएर विजयी गराउनेमा विश्वास्त रहेको उनको भनाई छ । देशमा बढ्दै गएको भ्रष्टाचारी, बेरोजगारीलाई पूर्ण रुपमा बन्देज गर्ने आफ्नो मूख्य एजेण्डा रहेकोले सधैं भ्रष्टाचारीहरुलाई देखियो, यस पटक स्वच्छ, निष्पक्ष र सक्षम स्वतन्त्र उम्मेदवारलाई आफ्नो अमूल्य मत दिन आग्रह गर्दै घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

Enter

Write to Jitu Sarraf

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *