वीरगन्ज :

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । भदौ ६ गते 
मोरङ, उदयपुर, कैलाली र धनुषामा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जना छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो । 

उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीबाट करिव एक केजी गाँजासहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट एक केजी चरेश सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । 

धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टीबाट एक केजी ५ सय ग्राम गाँजा र ६८ हजार ९ सय ६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।    
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *