श्रेणी : मधेस
वीरगञ्ज, १६ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदातासँगको भेटघाटलाई अझ तिब्र पारेको छ ।
जसपा–एमालेका नेता कार्यकर्ताहरुसँगै प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्की र वडा नम्बर ३० लालपर्सामा पुगेर मतदातालाई भेटेर उनिहरुको समस्या र गुनासा पनि सुनेका छन् ।
त्यसक्रममा त्यहाका मतदाताले विगतमा जितेर प्रदीप यादवले गरेका कामबाट आफुहरु सन्तुष्ट भएको र गर्नु पर्ने थप कामहरु पुरा गराउनका लागि फेरि पनि यादवलाई नै अवसर दिने सोचमा आफुहरु रहेको प्रतिक्रिया दिए ।
मतदाताहरुसँगको भेटघाटमा जसपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले पनि पाँच वर्षको कार्यकालमा आफू जनता माझ रहेर हरेक दु:ख् सुखमा साथ दिँदै आएकोले नै त्यसैको मूल्यांकन अहिले जनताले गरिरहेको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिए । उनले भने, ‘मतदातासँग म फेरि पनि आग्रह गर्छु आश्वासन बाँड्नेलाई होइन, जो तपाइहरुको बिचमा रहेर काम गरेको छ उसैलाई अवसर दिनु होला ।’
विगतमा पदमा रहेर पटकपटक लाभ लिइसकेकाहरु अहिले जनताको बिचमा पुगेर आफू निष्ठावान र इमान्दार भएको ढोल बजाउँदै हिडेको भएपनि जनताले उनिहरुको विगत र वर्तमान बुझीसकेको यादवले बताए ।
यादवले मधेश र मधेशीलाई शोषण गर्दै आएकाहरुबाट सतर्क रहन पनि मतदातालाई आग्रह गरे । बुधबारको चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता डा. विश्वम्भर शर्मा, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद मियाँका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।
प्रतिक्रिया