वीरगन्ज :

राप्रपाको घोषणापत्रः राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ ।

सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गर्दै एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुनी व्यवस्था गर्ने विषय समेटिएको बताए ।

त्यस्तै राप्रपाले प्रदेश संरचना खारेजी र राजसंस्थाको पक्ष लिएको छ । ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्ताव गरेको छ ।

त्यस्तै देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्र राप्रपाका प्रमुख एजेण्डा रहेका छन् । यस्तै, राप्रपाले नेपाल बन्द कहिलै नगर्ने प्रतिवद्धता जनाएको छ ।

जेष्ठ नागरिकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ । नेपालको भू–भाग कसैलाई प्रयोग गर्न नदिने, सीमा विवाद कुटनीतिक ढंगबाट टुंग्याइने, सार्वजनिक खर्च प्रणालीलाई मितव्ययी बनाइने उल्लेख छ ।

राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताएको छ । घोषणापत्रमा सार्वजनिक संस्थाको पुर्नसंरचना गरिने, व्यापारिक घाटा कम गरिने, विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थाको अन्त्य गरिने उल्लेख छ ।ttps://drive.google.com/file/d/12u5W7ey0kVGZNscZlR6gfKQoFL_ZCB9h/preview

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *