
श्रेणी : अन्तर्राष्ट्रिय
146Views
0
Shares
दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाको मृत्यु भएको छ । घटनामा ८२ जना घाइते भएका त्यहाँको आपतकालिन सेवाले जनाएको छ । शनिबार साँझ भएको घटनामा मृत्यु हुनेमा १९ जना विदेशी छन् । अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो । घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ ।
साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानीसहरूलाई भीडले किचेको विवरणहरू आएका छन् । दक्षिण कोरियामा कोभिड महामारीपछि खुला स्थानमा हेलोइन आयोजना भएको यो नै पहिलो थियो।

प्रतिक्रिया