वीरगन्ज :

आलमको नेतृत्वमा ज.स.पा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

आलमको नेतृत्वमा ज.स.पा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

श्रेणी : BANNER

2 years
Pradeep Sah
15Views
0 Shares

वीरगंज, पर्सा

जसपाले नेकपा एमालेसंग चुनावी गठबनधन गरेको प्रति असन्तुष्टि जनाउदै वीरगन्जमा जसपाका कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पर्साका पुर्व सांसद अनिल रुङ्गटा अनिल रुङ्गटा को पहलमा जनता समाजबादी पार्टी परित्याग फिरोज आलमको नेतृत्वमा मुस्तफा अंसारी,सुरज पटेल,मकबुल देवान, श्याम कुमार वर्णवाल,नाजिर आलम देवानले नेपाली कांग्रेस मा प्रवेश गरेका छन‌। पार्टी प्रवेश गरेका लाइ फुल माला टिका लगाइ नेपाली‌ कांग्रेस पुर्व सांसद अनिल रुङ्गटा ले स्वागत गरेका हुन्।

जनता समाजबादी पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका व्यक्तिहरुले भने मधेस प्रति जहिले पनि विश्वास नगर्ने र जहिले पनि मधेसी लाइ गालि गर्ने पार्टी सँग गठबन्धन गरको कारण पार्टी छोडी आफनो पुरानो घरमा फर्केर आएको बताएका छन्। साथै त्यही प्रदिप यादव ले नेकपा एमाले ले हाम्रो गाउँ घरमा भोटमागन जादा त्यही करखइया हारीले पिटने आग्रह गरेका व्यक्ति त्यही पार्टी को गठबन्धन बाट चुनाव लडेको कारण हामी (जसपा) परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेको बताए।

पार्टी प्रवेश गरेका लाइ नेपाली कांग्रेस पर्सा का उप सभापति तथा मधेस प्रदेश निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीले धन्यवाद ज्ञापन गरेका थिए।

पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस पर्साका पुर्व सांसद अनिल रुङ्गटा को प्रमुख अतिथि तथा वीरगंज महानगरपालिका वडा नं २ का बुथ सभापति फिरोज आलमको अध्यक्षतामा तथा नेपाली कांग्रेस पर्सा का उप सभापति तथा मधेस प्रदेश निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को उपस्थिति मा भएको कार्यक्रममा अतिथि नेपाली कांग्रेसका नेता रामपल्टन,सुरेस, क्षेत्र नं १(ख)का सभापति अनिल सिंह,वडा अध्यक्ष महमद रेयाज मिया तेली,नेपाली कांग्रेसका नेता हुकुम सिंह,अनिल सिंह,कन्चन झा लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *