श्रेणी : BANNER
11Views
0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बहस गर्न तयार रहेको बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत अध्यक्ष ओलीले आफू देउवासँग एजेण्डा आधारित बहसका लागि तयार रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले भनेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’
प्रतिक्रिया