वीरगन्ज :

नेपाल टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् सुविधा

श्रेणी : अर्थ

3 years
birgunj report
38Views
0 Shares

काठमाडौं। नेपाल टेलिकमले अटम अफर–२०७९ सञ्चालनमा ल्याएको छ। कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोहीअफर अन्तर्गत केहीप्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ टेलिकमले जनाएको छ।

यो अफर असोज २९ गतेदेखि सञ्चालनमा आएको हो र आगामी तीन महिनासम्म सञ्चालनमा रहनेछ। यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कलअफर लगायतका सुविधा रहेका छन्।

सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन्। अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने नेपाल टेलिकमकी निमित्त प्रमुख व्यवसायिक अधिकृत रीना डंगोलले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *