वीरगन्ज :

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

श्रेणी : BANNER

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले उम्मेदवारी खारेजीविरुद्ध एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासले गुरुङको मुद्दामा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चको यो आदेशपछि उनको उम्मेदवारी खारेजी गैरकानुनी भएको छ । यद्यपि, अर्को सुनुवाइबाट अन्तरिम आदेश खारेज नगरेमा उनले आगामी मंसिरमा हुने निर्वाचनमा भाग लिन पाउने छन् ।

रुपन्देही–२ मा गठबन्धनका तर्फवाट उम्मेदवार भएका गुरुङको उम्मेदवारी खारेजी भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरेपछि गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए।

उनीविरुद्ध बैंकिङ कसूरमा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो। उक्त क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *