श्रेणी : राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकताअनुसार गठबन्धन कायम रहने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने बताए । संविधानलाई संस्थागत रूपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिबद्ध रहेको उनको भनाइ छ । महतले स्वार्थकेन्द्रित भएर जसपा गठबन्धनबाट बाहिरिएको बताए ।
देशको विकास र स्थायित्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाइ छ । त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको बताए । महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म अघि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया