वीरगन्ज :

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी शुरुआत

श्रेणी : खेलकुद

3 years
birgunj report
90Views
0 Shares

गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले विजयी शूरुवात गरेका छन् ।

गोरखा जिल्लामा भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्दै विजयी शुरुवात गरेका हुन् ।

यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्लवकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरिन् ।

खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारी, पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामा र बाग्मती प्रदेशका निकेन कुसता विजयी भए । त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको खेल ‘ड्र’ भएको हो ।

महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मति प्रदेशका लक्ष्मी कँडेल, एनआरएनकी बिनिता कपाली विजयी भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *