वीरगन्ज :

खेअरसन छाड्न सर्वसाधारणलाई रुसको आग्रह

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
9Views
0 Shares

रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेअरसन क्षेत्रमा रुसले नियुक्त गरेका नेता भ्लादिमिर साल्डोले सर्वसाधारणहरूलाई सो क्षेत्र छोड्न आग्रह गरेका छन् । आफ्नो भूभाग फिर्ता लिन अघि बढिरहेको युक्रेनी फौजले उक्त क्षेत्रमा दैनिक जसो रकेट आक्रमण गरिरहेपछि उनले यस्तो बताएका हुन् ।

रुसले नियुक्त गरेका नेताले सर्वसाधारणहरूलाई अध्ययन र समय बिताउन रुसमा गएर आफ्नो जीवन रक्षा गर्न आग्रह गरेका छन्। उनले सहयोगका लागि रुससँग पनि आग्रह गरेका छन् ।

उनको आग्रहलाई रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले पनि एक टेलिभिजन सन्देश मार्फत् समर्थन गरेका छन् । आफ्नै देशका नागरिकहरू लक्षित आक्रमण गरेको आरोप युक्रेनले अस्वीकार गर्दै आएको छ ।

युक्रेनी सेनाले उत्तर पश्चिमी खेअरसनको केही भूभागमा पुनः आफ्नो नियन्त्रण कायम गर्दै क्षेत्रीय राजधानी खेअरसन सहरतर्फ अघि बढेको छ । खेअरसनबाट उद्धार गरिएका मानिसहरूको पहिलो समूह शुक्रबार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने उक्त क्षेत्रका गभर्नर भासिले गोलुभलाई उदृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ ।

प्रत्याक्रमण तीव्र बनाएको किएभले अन्य हतियारसँगै अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेट प्रणालीको प्रभावकारी उपयोग गरिरहेको छ । युक्रेनले रुसी सेना लक्षित निशानाहरूमा आक्रमण गरिरहेको छ र आफ्नो भूभागमा नियन्त्रण कायम गरिरहेका सैनिकहरूलाई रुसको सम्पर्कबाट विच्छेद गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *