
श्रेणी : राजनीति
29Views
0
Shares
काठमाडौं । रुपन्देही– १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको हो । भुसालले त्रिभुजको राजनीतिक व्याख्या पनि गरिसकेका छन् ।
उनले त्रिभुजको एउटा भुजाले लोकतन्त्र, दोस्रो भुजाले सामाजिक न्याय र तेस्रो भुजा (आधार भुजा)ले जनमुखी विकासको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।


प्रतिक्रिया