वीरगन्ज :

यस्तो छ मदनकृष्ण र हरिवंशको ‘महापुरुष’ को ट्रेलर

श्रेणी : कला / साहित्य

3 years
birgunj report
35Views
0 Shares

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक ११ गतेदेखि प्रदर्शन हुने यस चलचित्रको ट्रेलरमा दुई पुस्ताको बीचको भावनात्मक सम्बन्धलाई देखाइएको छ ।

पारिवारिक कथामाथि बनेको चलचित्रको ट्रेलरमा श्रीमती गुमाएका एक पुरुषले आफ्ना सन्तानका लागि गरेको संघर्षलाई देख्न सकिन्छ। साथै ती एकल पुरुषले अर्को बिहे गर्न खोज्दा परिवारमा आउने उतावचढावको कथा फिल्मले समेटेको छ ।

चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, लगायतको अभिनय छ।

फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गर्नेछ । षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने फिल्ममा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन्। फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *