 
						श्रेणी : BANNER
बुटवल । मनोनयन देखि नै विवाद सुरु भएको रुपन्देहीको क्षेत्र नं ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृत चिन्तामणि शर्माले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०७८ को दफा १९ को उपदफा ९ अनुसार घिमिरेको उम्मेदवारी कायम गरिएको बताए ।
उक्त निर्देशिकामा कुनै एक दलले एकभन्दा बढी व्यक्तिलाई उम्मेदवार बनाएर पठाए जसले पहिले दर्ता गर्छ उसैलाई आधिकारिकता दिनुपर्ने उल्लेख छ। सोही निर्देशिका अनुसार घिमिरेलाई आधिकारिकता दिइएको उनले बताए ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्नका लागि शनिवार अपरान्ह नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पूर्वनगरप्रमुख घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउँसो उनको टिकट खोसेर खिमलाल भटराईलाई दिएको थियो।
शनिवार पार्टीको आधिकारीक पत्र बुझेका घिमिरेले आइतबार अपरान्ह साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपरान्ह पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भटराईले अर्को पत्र पेश गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
राष्टिय सभा सदस्य समेत रहेका भटराईले यस अघि घिमिरेलाई दिएको पत्र भुलबस भन्दै पार्टीको अर्कौ पत्र सहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भटराईको दावीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको हो।
 
     
    
 
     
									 
									 
									 
									 
         
        
प्रतिक्रिया