वीरगन्ज :

क्राइमिया पुल विस्फोटनबारे पुटिनद्वारा किएभमाथि आतङ्कवादको आरोप

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
136Views
0 Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुस–क्राइमिया जोडिने पुलमा हमला गरेको आरोप लगाउँदै त्यसलाई आतङ्कवादी कार्य बताएका छन् ।

उक्त पुल रुस र उसले आफ्नोमा गाभेको क्राइमियासँग जोडिने एकमात्र रेल तथा सडकमार्ग हो । रुसी राष्ट्रपतिले युक्रेनका जासुसी सैन्यहरूले रणनीतिक रूपले महत्वपूर्ण रुसी पूर्वाधारलाई ध्वस्त पार्ने लक्ष्य राखेको बताएका छन् । उनी आफ्नो देशको एक जाँचबुझ निकाय इन्भेस्टिगेटिभ कमिटी अफ रसियाका प्रमुख अलेकजान्डर बस्ट्रिकिनसँगको बैठकमा बोल्दैथिए ।

अधिकारीहरूले उक्त पुलमा भएको विस्फोटनमा परेर तीनजना मानिस मारिएको बताएका छन् । रुसी अधिकारीहरूका अनुसरा एक लरीमा विस्फोट हुँदा ती मानिसहरू नजिकै कारमा रहेका थिए । पुटिनले यो रुसको महत्वपूर्ण नागरिक पूर्वाधार नष्ट गर्ने लक्ष्य राखिएको आतङ्कवादी कार्य भएकोमा कुनै शङ्का नरहेको बताए ।

बस्ट्रिकिनले उक्त हमलाका लागि रुसी नागरिकहरू र केही देशहरूले सघाएको बताए । उनले अनुसन्धान अनुसार विस्फोट भएको उक्त ट्रकले बल्गेरिआ, जोर्जिआ, आर्मेनिआ, नोर्थ ओसेटिआ र क्रास्नोदार क्षेत्रबाट यात्रा गरेको जानकारी दिए । सडकको केही खण्डहरू ध्वस्त बनेको उक्त घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ ।

युक्रेनी अधिकारीहरूले आफ्ना फौजहरू उक्त हमलापछाडि रहेको कुराको सङ्केत गरेका छैनन् । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले पुटिनको आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *