वीरगन्ज :

‘विगतका गल्तीबाट सिक्दै अघि बढ्नेछु’: अध्यक्ष जसवन्त यादव

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.0kViews
1989 Shares

बीरगन्ज,३० भदौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफूबाट भएका कमी–कमजोरी र त्रुटिका लागि जनतासँग क्षमा माग्दै आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्यासिनो प्रकरणमा सोमबार साँझ धरौटीमा रिहा भएका अध्यक्ष यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले विगतमा भएका गल्तीबाट पाठ सिक्दै आगामी दिनमा आफ्ना कमजोरी सुधार्ने बताएका छन्।

अध्यक्ष यादवले आफूबाट भएका कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए हृदयदेखि नै क्षमा चाहेको उल्लेख गरेका छन्। साथै, जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने प्रतिबद्धता उनले जनाएका छन्।

उनले विगतका गल्तीबाट सिकेर अझ जिम्मेवार हुँदै देश, समाज र सखुवाप्रसौनीका जनताको हितमा निरन्तर समर्पित रहने बताएका छन्।

फेसबुकमा यादवले लेखेका छन्, “मबाट भएका कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए म हृदयदेखि नै क्षमा चाहन्छु। जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।”

उनले आगामी दिनमा जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने र विगतका कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *