वीरगन्ज :

दशैं–तिहारमा एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, राष्ट्र बैंकको निर्देशन

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.4kViews
1723 Shares

काठमाडौं,३० भदाै । दशैं–तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाटै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंकका काउन्टरमा हुने भीड कम गर्ने उद्देश्यले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस्तो व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको हो।

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्र पठाउँदै मातहतका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

यसअघि अधिकांश बैंकका एटीएमबाट मुख्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने अवस्था थियो। अब १०० रुपैयाँका नोटसमेत एटीएमबाटै उपलब्ध हुने भएपछि चाडपर्वका बेला साना नोट आवश्यक पर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकको यो व्यवस्थाले दशैं–तिहारका समयमा नोट सटहीका लागि बैंक काउन्टरमा लाग्ने लामो लाइन र भीड घटाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *