वीरगन्ज :

पर्साको पकाहा मैनपुर गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थीलाई ल्यापटप वितरण

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.6kViews
1633 Shares

वीरगन्ज,२० साउन । पर्साको पकाहा मैनपुर गाउँपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई ल्यापटप वितरण गरी सम्मान गरेको छ।

गाउँपालिकाले उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरूको मेहनत, लगनशीलता र प्रतिभाको कदर गर्दै उनीहरूको उच्च शिक्षाको यात्रालाई थप सहज र प्रविधिमैत्री बनाउन ल्यापटप प्रदान गरिएको जनाएको छ।

गाउँपालिकाका अनुसार शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीलाई सूचना–प्रविधिसँग जोड्ने तथा आधुनिक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

ल्यापटप वितरण कार्यक्रममा गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीलाई बधाई दिँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

स्थानीयवासीले पनि प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्ने गाउँपालिकाको पहललाई सकारात्मक र अनुकरणीय कदमका रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार स्थानीय तहबाट शिक्षामा लगानी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने यस्ता कार्यक्रमले अन्य पालिकालाई पनि प्रेरणा दिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *