वीरगन्ज :

सिरहामा पेस्तोलसहित तीन जना पक्राउ

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
2.5kViews
1393 Shares

बीरगन्ज,२० साउन । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले म्याग्जिनसहितको एक थान पुरानो पेस्तोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी सितापुरबाट खटिएको नियमित गस्ती टोलीले शंकास्पद अवस्थामा रहेका स्थानीय सबरजीत दासलाई जाँच गर्ने क्रममा उनको साथबाट ९ एमएम म्याग्जिनसहितको पुरानो पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सबरजीत दाससँगै गुरुदेव दास र संजय दासलाई पनि नियन्त्रणमा लिएको छ।

बरामद गरिएको हतियार र पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय लहान पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *