वीरगन्ज :

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप उग्र बन्दै

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.3kViews
1186 Shares

बीरगन्ज,१२ साउन । बीरगन्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये अधिकांशले राजीनामा बुझाएपछि अस्पतालको सेवा थप प्रभावित हुने देखिएको छ।

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार, सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म चिकित्सकहरूले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा पेश गरेका हुन्।

शनिबार आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको र चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरिएको घटनाको विरोधमा चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। उनीहरूले घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै उपचार सेवा समेत प्रभावित बनाएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलका क्रममा आन्दोलनरत चिकित्सक र प्रहरीबीच विवाद चर्किएको थियो। चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र पर्साका प्रहरी उपरीक्षकको जिम्मेवारीबारे प्रश्न उठाएपछि वार्ता तनावपूर्ण बनेको बताइएको छ।

चिकित्सकहरूको आरोप अनुसार, वार्ता छाडेर बाहिरिने क्रममा प्रहरी उपरीक्षक सुदीपराज पाठकले धक्कामुक्का तथा दुर्व्यवहार गरे, जसका कारण उनीहरू थप आक्रोशित हुँदै सामूहिक राजीनामा दिने निर्णयमा पुगे।

यस घटनापछि नारायणी अस्पतालको स्वास्थ्य सेवा थप प्रभावित हुने अवस्था देखिएको छ भने सम्बन्धित पक्षबीच समाधानका लागि प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *