वीरगन्ज :

रौतहटमा महिलामाथि खुकुरी प्रहार, घटनास्थलमै मृत्यु

श्रेणी : अपराध

3 hours
Pradeep Sah
2.5kViews
1031 Shares

वीरगन्ज,०८ साउन । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनापछि आक्रमणकारीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे बाराको करैयामाई गाउँपालिका–८ स्थायी घर भई हाल हरिहरपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालमाथि खुकुरी प्रहार गरेका थिए। घाँटीमा लागेको गम्भीर चोटका कारण जयसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी बसन्त गौतमका अनुसार स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्रलाई चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँबाट प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। हत्या हुनुको कारण भने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *