वीरगन्ज :

विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.6kViews
1676 Shares

विराटनगर,०८ साउन । विराटनगर विमानस्थलबाट स्रोत खुलाउन नसकिएको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित नेपाल सरकारका उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख रहेका तामाङलाई साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थल सुरक्षामा खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाबारे प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार तामाङको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो। रकमको स्रोतबारे सोधपुछ गर्दा उनी स्पष्ट विवरण दिन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बरामद नगदको स्रोत पुष्टि हुन नसकेकाले तामाङमाथि आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *