वीरगन्ज :

विश्वविद्यालयमा भागबन्डा होइन, मेरिटका आधारमा नियुक्ति हुन्छ : शिक्षामन्त्री पोखरेल

श्रेणी : प्रदेश

18 hours
Pradeep Sah
2.9kViews
1663 Shares

काठमाडौं,०७ साउन । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा अन्त्य गरी योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने नीति अवलम्बन गरिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले हालै भएका नियुक्तिहरू पनि खुला प्रतिस्पर्धा र मेरिटका आधारमा गरिएको दाबी गरे। उनले योग्य व्यक्तिको छनोटले विश्वविद्यालयमा नयाँ ऊर्जा र सकारात्मक वातावरण सिर्जना भएको बताए।

उनले आगामी चार वर्षभित्र विश्वविद्यालयमा देखिएको राजनीतिकरण अन्त्य गर्दै मेरिटोक्रेसी (योग्यतामा आधारित प्रणाली) स्थापित गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे।

मन्त्री पोखरेलले सरुवा, बढुवा वा नियुक्तिका विषयमा कुनै पनि राजनीतिक दल वा व्यक्तिबाट दबाब नआउने स्पष्ट पार्दै, यदि त्यस्तो दबाब आए शिक्षा मन्त्रालयलाई तत्काल जानकारी गराउन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे।

उनले विश्वविद्यालयलाई स्वायत्त ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै त्रिभुवन विश्वविद्यालयको अतिक्रमित वा हराएको सम्पत्ति फिर्ता ल्याउने अभियानमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उच्च शिक्षाको गुणस्तर सुधारका लागि सरकारले पाँच वर्षे नीति, भिजन र कार्ययोजनाबारे विश्वविद्यालय नेतृत्वसँग छलफल गरिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले नेपाली विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक सुधार अघि बढाइने बताए।

उनले विदेशी विद्यार्थी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने तथा ‘प्रोफेसर एक्सचेन्ज’ कार्यक्रम सञ्चालनमार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने योजनासमेत सरकारले अघि बढाएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *