वीरगन्ज :

वीरगन्जबाट ब्राउन सुगरसहित वृद्ध पक्राउ, बरामद भयो २२ ग्राम लागुऔषध

श्रेणी : अपराध

3 days
Pradeep Sah
2.9kViews
1948 Shares

बीरगन्ज,०६ साउन । पर्साको बीरगन्जबाट करिब २२ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित ७२ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१२ मुरलीचोक निवासी नारायणबहादुर केसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न करिब ४:३० बजे बीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित बहिरङ्ग विद्यालय अगाडिको सडकखण्डबाट शंकास्पद अवस्थामा हिँडिरहेका केसीलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले खानतलासीका क्रममा केसीको प्यान्टको दायाँ खल्तीबाट सेतो पारदर्शी प्लास्टिकको पोका बरामद गरेको जनाएको छ। उक्त पोकाभित्र कागजमा बेरेर राखिएका १५ वटा पुरियामा करिब २१ ग्राम ९१ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। कागजसहित यसको कुल तौल ४० ग्राम ७४ मिलिग्राम रहेको छ।

यस्तै, केसीको बायाँ खल्तीबाट जहिर मियाँ र इम्तियाज मियाँको नाम तथा ५ हजार रुपैयाँ उल्लेख गरिएको एउटा कागजसमेत बरामद भएको प्रहरीले जनाएको छ। उक्त कागजलाई अनुसन्धानको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका केसीमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *