वीरगन्ज :

मोटरसाइकल चोरीको आरोपमा पटेर्वा सुगौलीका लालजी राम पक्राउ

श्रेणी : अपराध

12 hours
Pradeep Sah
3.0kViews
1621 Shares

बीरगन्ज,०४ साउन । पर्साको पटेर्वासुगौली गाउँपालिका–१, सोनबर्षा निवासी ३५ वर्षीय लालजी कुमार राम मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्।

भीम बलिराम महराका छोरा लालजी कुमार रामलाई प्रहरी चौकी महादेवपट्टीका इन्चार्ज प्रहरी निरीक्षक नरेन्द्र बहादुर बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ११ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका रामलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले घटनासम्बन्धी विस्तृत अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जनाएको छ।

प्रहरीका अनुसार पटेर्वासुगौली गाउँपालिकाको साविक सोनबर्षा गाविस क्षेत्रमा लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न केही व्यक्तिहरू सक्रिय रहेको भन्दै यस्ता घटनाहरू पटक–पटक सार्वजनिक हुँदै आएका छन्। यस विषयमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा सम्भावित संलग्नताको कोणबाट समेत अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले चोरी तथा आपराधिक गतिविधिविरुद्ध सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *