वीरगन्ज :

उपकार सेवा नेपालको सहयोग : विद्यालयलाई पङ्खा हस्तान्तरण

श्रेणी : मधेस

1 day
Pradeep Sah
1.7kViews
1844 Shares

वीरगन्ज,०४ साउन । गर्मीको मौसममा साना बालबालिकालाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–३२ टेढास्थित श्रीमती मनमिश्र आधारभूत विद्यालय, सेमरामा ४ वटा सिलिङ पङ्खा सहयोग गरेको छ।

संस्थाको आर्थिक सहयोगमा बालविकास कक्षाका दुई कोठामा जडान गर्ने गरी पङ्खा विद्यालयलाई हस्तान्तरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए। पङ्खा जडान भएसँगै बालविकास तहमा अध्ययनरत ९८ जना विद्यार्थीले गर्मीबाट राहत पाउने र पठनपाठनका लागि थप अनुकूल वातावरण सिर्जना हुने विश्वास गरिएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र संस्थाकी संरक्षक पद्मा देवी सरावगीले विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई पङ्खा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। पङ्खा सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रधानाध्यापक साहले यसले बालबालिकाको अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।

सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *