वीरगन्ज :

उच्च अदालत जनकपुरको उपलब्धि: दुई वर्षभन्दा पुराना सबै मुद्दा किनारा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.1kViews
1802 Shares

बीरगन्ज,३२ असार । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। अदालतले वार्षिक लक्ष्यको १०१.६० प्रतिशत उपलब्धि हासिल गर्दै कुल ४ हजार ६ सय १९ मुद्दा टुंग्याएको हो।

अदालतका अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कुल ६ हजार ५ सय १६ मुद्दा विचाराधीन थिए। तीमध्ये ७०.८८ प्रतिशत मुद्दाको फैसला भइसकेको छ भने हाल १ हजार ८ सय ९७ मुद्दा मात्रै विचाराधीन रहेका छन्।

कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार अदालतले पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेर रणनीतिक रूपमा काम गरेकाले १८ महिनाभन्दा पुराना तथा दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा झार्न सफलता प्राप्त गरेको हो।

चालु आर्थिक वर्षका लागि ४ हजार ५ सय ४६ मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखिएकोमा अदालतले लक्ष्यभन्दा ७३ वटा बढी अर्थात् ४ हजार ६ सय १९ मुद्दा टुंग्याएको जनाएको छ। अदालतले आगामी आर्थिक वर्षमा करिब ६ हजार ८ सय २६ नयाँ मुद्दा दर्ता हुन सक्ने अनुमान पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *