सिरहा,३२ असार । सिरहामा अवैध कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित सवारी चेकजाँचका क्रममा सिरहा नगरपालिका–७ मा भारतीय नम्बर प्लेट BR07AZ4215 भएको मोटरसाइकल शंकास्पद देखिएपछि रोकी खानतलासी गरिएको थियो। त्यस क्रममा मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ।
हतियार र गोली बरामद भएपछि प्रहरीले यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उनीमाथि अवैध हतियार सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया