वीरगन्ज :

संसदमा गीता गुरुङको आरोप : ‘सुकुमबासी बस्तीमा तयारीबिनै डोजर चलाउँदा ९ जनाले ज्यान गुमाए’

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1625 Shares

काठमाडौं, ३१ असार। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले पर्याप्त तयारी नगरी डोजर परिचालन गर्दा नौ जनाको ज्यान गएको दाबी गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै सांसद गुरुङले सरकारको अव्यावहारिक तथा असंवेदनशील नीतिका कारण निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाइन्।

उनका अनुसार राज्यको गलत नीतिका कारण मृत्यु हुनेमा १८ वर्षीय रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी तथा १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेका छन्।

सांसद गुरुङले सुकुमबासी व्यवस्थापनजस्तो संवेदनशील विषयमा सरकारले पर्याप्त तयारी, वैकल्पिक व्यवस्था र मानवीय दृष्टिकोण अपनाउन नसक्दा दुःखद परिणाम आएको भन्दै सरकारको कार्यशैलीप्रति संसदमार्फत गम्भीर प्रश्न उठाइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *