वीरगन्ज :

सरकारको प्रस्तावित नीतिविरुद्ध सिंहदरबारमै करार कर्मचारीको विरोध प्रदर्शन

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1955 Shares

काठमाडौं , ३१ असार । श्रेणीविहीन सहयोगी कर्मचारीलाई करारमा राख्ने हालको व्यवस्था परिवर्तन गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै करार सेवामा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

सरकारले ल्याउन लागेको प्रस्तावित निर्णयको विरोधस्वरूप उनीहरूले सिंहदरबार परिसरभित्रै प्रदर्शन गर्दै आफ्नो असहमति सार्वजनिक गरेका हुन्।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले विद्यमान करार व्यवस्थामा परिवर्तन गर्न लागिएको निर्णयले आफ्नो रोजगारी र भविष्यमा प्रत्यक्ष असर पर्ने भन्दै सरकारसँग प्रस्ताव फिर्ता लिन माग गरेका छन्।

सरकारको निर्णयविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध जनाएसँगै उक्त विषयले सरकारी कर्मचारी वृत्तमा समेत व्यापक चासो र बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *