वीरगन्ज :

अवैध रूपमा नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमामा अमेरिकी पूर्व कमाण्डो पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1956 Shares

बीरगन्ज,३० असार । भारत–नेपाल सीमा क्षेत्रबाट एक अमेरिकी नागरिक अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका बेला भारतीय सुरक्षा बलले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना तथा स्पेशल फोर्सेजका पूर्व सैनिक भएको दाबी गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको महाराजगन्ज जिल्लास्थित सुनौली सीमा क्षेत्रमा गस्तीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले ३६ वर्षीय अमेरिकी नागरिक जोर्डन ब्राउनलाई नियन्त्रणमा लिएको हो। उनीसँग पासपोर्ट वा वैध भिसा नभएको र लुकिछिपी नेपाल प्रवेश गर्न खोजेको आरोप लगाइएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार ब्राउनलाई रोक्न खोज्दा उनी भाग्ने प्रयास गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए। खानतलासीका क्रममा उनको साथबाट ३१ हजार ४६० भारतीय रुपैयाँ नगद र दुई वटा मोबाइल फोन बरामद भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा ब्राउन भारतको बेंगलुरु हुँदै सुनौली पुगेको खुलेको छ।

उनले आफ्नो पासपोर्ट थाइल्यान्डमा हराएको र त्यसपछि विभिन्न मार्ग हुँदै भारत आएको दाबी गरेका छन्। तर, उनको यात्रा विवरण र पहिचानबारे दिएका बयानहरूमा विरोधाभास देखिएकाले भारतीय सुरक्षा निकायले विस्तृत अनुसन्धान अघि बढाएको छ।
घटनाबारे नयाँ दिल्लीस्थित अमेरिकी दूतावासलाई जानकारी गराइएको छ।

हाल ब्राउनविरुद्ध भारतको इमिग्रेसन एन्ड फरेनर्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *