वीरगन्ज :

आत्मदाहका घटनामा वृद्धि, एक सातामै तीन जनाको ज्यान गयो, विवेक मण्डलको पनि मृत्यु

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
1.9kViews
1468 Shares

काठमाडौं, ३० असार । सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको निधनसँगै पछिल्लो एक साताभित्र आत्मदाहका घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

पारिवारिक स्रोतका अनुसार मण्डलका श्रीमती र दुई सन्तान छन्। उनी गम्भीर जलनका कारण केही दिनदेखि उपचाररत थिए।

यसअघि काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको असार २७ गते भएको घटनापछि वीर अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको थियो। त्यस्तै, त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको पनि असार २६ गते उपचारकै क्रममा मृत्यु भएको थियो। उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।

पछिल्ला दिनहरूमा आत्मदाहका घटनाहरू बढ्दै जाँदा यसले मानसिक स्वास्थ्य, सामाजिक तथा पारिवारिक समस्याप्रति गम्भीर बहसको आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *