बीरगन्ज,२९ असार । बाराको कलैया उपमहानगरपालिका–११ घोघरियामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान आइतबार साँझ करिब ६:३० बजे नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याइए पनि चिकित्सकले साँझ ७:१० बजे मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा SOCO सहितको मुचुल्का टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।
मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल, कलैयामा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया