वीरगन्ज :

अब साप्ताहिक पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने

श्रेणी : मधेस

2 hours
Pradeep Sah
1.9kViews
1721 Shares

वीरगंज (पर्सा), २५ असार । वीरगंज महानगरपालिकाले अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि लोककल्याणकारी सूचना उपलब्ध गराउने निर्णय गरेको छ । आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले यसअघिको व्यवस्था संशोधन गर्दै साप्ताहिक पत्रपत्रिकालाई सूचीकरण प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो ।

यसअघि महानगरले दैनिक पत्रपत्रिकालाई मात्र सूचीकरण गर्ने व्यवस्था गरेको थियो, जसका कारण स्थानीय साप्ताहिक सञ्चारमाध्यम लोककल्याणकारी सूचना प्रकाशनबाट वञ्चित हुँदै आएका थिए । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न सरोकारवालाले उक्त व्यवस्था महानगरकै आमसञ्चारसम्बन्धी ऐन र प्रचलित कानुनविपरीत रहेको भन्दै संशोधनको माग गर्दै आएका थिए ।

समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले पुरानो निर्णय परिमार्जन गर्दै स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणमा समेट्ने निर्णय गरेको हो । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन महानगरको प्राथमिकतामा रहेको बताए ।

उनका अनुसार सञ्चारमाध्यम लोकतन्त्र र सुशासनका महत्वपूर्ण आधार भएकाले कानुनले व्यवस्था गरेअनुसार सबै सञ्चारमाध्यमलाई समान अवसर प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *