वीरगन्ज :

वीरगञ्जमा मुख्य सडक विस्तार तीव्र, अतिक्रमित संरचना हटाउने अभियान निरन्तर

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.9kViews
1567 Shares

वीरगंज (पर्सा), २५ असार । वीरगंजमा सडक विस्तारअन्तर्गत सडक सीमाभित्र रहेका संरचना हटाउने अभियान बिहीबार पनि निरन्तर जारी रहेको छ । त्रिभुवन राजमार्ग अन्तर्गत वीरगंज भन्सार क्षेत्रबाट सडकको २५–२५ मिटर सीमाभित्र परेका घर, टहरा, पर्खाल तथा अन्य संरचना डोजर प्रयोग गरी हटाउने कार्यलाई निरन्तरता दिइएको हो ।

यसअघि सडक विस्तार अभियान अन्तर्गत गण्डकदेखि मुर्ली हुँदै घण्टाघरसम्म सडक सीमाभित्र रहेका संरचना हटाउने कार्य सम्पन्न गरिएको थियो । सोही अभियानलाई निरन्तरता दिँदै आज भन्सार क्षेत्रमा डोजर परिचालन गरिएको हो । सो क्षेत्रमा डोजर चल्दा छपकैया क्षेत्रमा विद्युत अवरुद्ध भएको थियो ।

सडक अतिक्रमण हटाई सडकको मापदण्ड कायम गर्ने, सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउने उद्देश्यले सडक डिभिजन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत सम्बन्धित निकायको समन्वयमा अभियान सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *