श्रेणी : BANNER
वीरगंज (पर्सा), २३ असार । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनमा ६०० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएपछि खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कारबाहीका क्रममा डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन गरी कुल ६०० एम्पुल लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया