वीरगन्ज :

विपक्षीको चेतावनी : माफी नआएसम्म संसद् चल्न दिइने छैन

श्रेणी : BANNER

7 hours
Pradeep Sah
3.0kViews
1461 Shares

काठमाडौं,१८ जेठ । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेकपाका प्रमुख युवराज दुलालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ ।’

बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको पनि उनले बताए । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको उनको भनाइ छ ।

‘सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो संसद्‌मा बोलेको कुरा राष्ट्रघाति हो भन्ने निष्कर्ष रह्यो,’ उनले भने, ‘यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसद्‌बाटै देशवासीको नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले आज संसद्‌ अवरोध गर्ने निष्कर्ष छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *