वीरगन्ज :

मधेशका अर्थमन्त्रीको पहिलो निर्णय : साप्ताहिक रूपमा खर्च विवरण सार्वजनिक गर्ने

श्रेणी : अर्थ

9 hours
Pradeep Sah
2.8kViews
1412 Shares

जनकपुर,१३ जेठ  । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराई ले पदभार ग्रहणसँगै सरकारी आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउने निर्णय गरेका छन् ।

मंगलबार मन्त्री पदको शपथ लिएका भट्टराईले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै प्रदेश सरकारको खर्च, आम्दानी तथा सञ्चित कोषको विवरण हरेक साता सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

उनको निर्णयअनुसार अब प्रदेश सरकारको आर्थिक अवस्था सम्बन्धी जानकारी नियमित रूपमा वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । यसबाट नागरिकले प्रदेश सरकारको राजस्व संकलन, खर्चको अवस्था र सञ्चित कोषको विवरण सहज रूपमा जानकारी पाउने अपेक्षा गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्टराईले आर्थिक प्रशासनमा पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पहिलो निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *