वीरगन्ज :

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1682 Shares

वीरगंज (पर्सा), ११ जेठ । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पोखरिया नगरपालिका–९ का २० वर्षीय विशाल राउत कम्करलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गएराति करिब ११ः३० बजे खटिएको टोलीले कम्करलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ५.५ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको जनाएको छ ।

पक्राउ परेका कम्करलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *