वीरगन्ज :

क्रियाशील युवा पत्रकार मञ्च नेपालको बैठक सम्पन्न,रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.1kViews
1848 Shares

वीरगन्ज,०९ जेठ । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो दोस्रो कार्यसमिति बैठक सम्पन्न गर्दै विभिन्न संगठनात्मक तथा सामाजिक निर्णय गरेको छ। शनिबार वीरगन्जस्थित च्वाइस खबर डटकमको कार्यालयमा बसेको बैठकले संस्थालाई विस्तार गर्ने, नयाँ सदस्यता वितरण गर्ने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले प्रारम्भिक चरणमा पत्रकारिता क्षेत्रमा सक्रिय १० जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। साथै नेपाल रेडक्रस सोसाइटी पर्सामा रगतको बढ्दो मागलाई मध्यनजर गर्दै आगामी जेठ २३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तथा जनसरोकारका विषयलाई आगामी दिनमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

बैठकमा निवर्तमान अध्यक्ष प्रणय साह, उपाध्यक्ष वीरेन्द्र साह, सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्र कुमार बरै लगायत सदस्यहरू सुनिल ओझा, आरोहण साह, मुकेश यादव, कान्हिया बर्नवाल, अर्जुन पण्डित तथा दिपेश ठाकुरको उपस्थिति रहेको थियो। बैठकको सहजीकरण महासचिव राकेश साहले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *