वीरगन्ज :

कलैयामा रास्वपा बैठक तनावग्रस्त, अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.6kViews
1427 Shares

बीरगन्ज,०९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक तनावपूर्ण बनेपछि प्रतिनिधिसभा सदस्यहरूलाई बैठक स्थलबाट बाहिर निकालिएको छ। शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा विवाद चर्किएपछि स्थिति नियन्त्रणबाहिर गएको सहभागीहरूले बताएका छन्। त्यस क्रममा आक्रोशित कार्यकर्ताहरूले केही नेताहरूलाई धक्का दिँदै बाहिर निकालेका थिए।

बैठकमा बाराका विभिन्न क्षेत्रका सांसदहरू—गणेश धिमाल (क्षेत्र नं. १), चन्दन सिंह (क्षेत्र नं. २), अरविन्द साह (क्षेत्र नं. ३), रहबर अन्सारी (क्षेत्र नं. ४) तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीसहित केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूका अनुसार संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने प्रयास भएपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा बैठक स्थलमै धकेलाधकेलको अवस्था सिर्जना भएको हो।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसद तथा नेताहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ। यसअघि नै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरिएको विषयले रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवाद झनै चुलिएको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *