वीरगन्ज :

उपसभामुख ठाकुरद्वारा धार्मिक पर्यटकीय स्थलको भ्रमण

श्रेणी : धर्म संस्कृति

2 weeks
Pradeep Sah
2.5kViews
1863 Shares

जनकपुर,०९ जेठ । उपसभामुख रुबीकुमारी ठाकुर ले सिरहाको लहान क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्दै ती क्षेत्रलाई राष्ट्रियस्तरको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।

शनिबार बिहान उहाँले सलहेस फूलवारी पुगेर लोकनायक सलहेसको दर्शन तथा पूजाआजा गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले सलहेस फूलवारी मधेशको मात्र नभई देशकै नमुना धार्मिक पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो।

उहाँले यति महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक स्थलमा अपेक्षित लगानी हुन नसकेको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। वीरता, प्रेमकथा र सामाजिक सन्देशसँग जोडिएको सलहेस फूलवारीलाई दाइजोविनाको विवाह गर्ने केन्द्रका रूपमा विकास गर्न सके समाजमा सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो।

उपसभामुख ठाकुरले प्रतिनिधिसभामा आफूले दाइजोमुक्त समाज निर्माणका पक्षमा आवाज उठाइसकेको स्मरण गराउँदै मधेशमा गहिरो रूपमा फैलिएको दाइजो प्रथाको अन्त्य सामूहिक प्रयासबाट सम्भव रहेको बताउनुभयो।

भ्रमणका क्रममा सलहेस फूलवारी संरक्षण समितिले फूलवारी क्षेत्रको १२ बिघामध्ये तीन बिघा जग्गा अतिक्रमणमा परेको जानकारी गराउँदै संरक्षण र व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेको थियो।

त्यसपछि उपसभामुख ठाकुरले राजदेवी पञ्चावती मन्दिर को पनि अवलोकन गर्नुभयो। उहाँले मन्दिरको व्यवस्थापन र विकासप्रति प्रशंसा व्यक्त गर्दै सलहेस सर्किटसँग राजदेवी मन्दिरलाई जोडेर एकीकृत धार्मिक पर्यटन विकासको अवधारणा अघि बढाइने बताउनुभयो।

उहाँले सलहेस फूलवारी र राजदेवी पञ्चावती मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा विकासका लागि प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *