वीरगन्ज :

दुर्गा प्रसाईँलाई जमानत वा धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
2.5kViews
1595 Shares

बीरगन्ज,०९ जेठ । दुर्गा प्रसाईँलाई जमानत वा धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले अनुसन्धान प्रक्रिया आइतबारभित्र टुंग्याउन समेत निर्देशन दिएको हो।

यसअघि पर्सा जिल्ला अदालतले प्रसाईँलाई थप अनुसन्धानका लागि आइतबारसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। तर न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले तोकिएको समयभित्र मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न आदेश दिएको छ।

अदालतले यदि निर्धारित अवधिभित्र निर्णय हुन नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार प्रसाईँलाई थुनामुक्त गर्नुपर्ने उल्लेख गरेको छ। उक्त कानुनी व्यवस्थाअनुसार अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा धरौटी वा जमानतमा रिहा गर्न सकिन्छ।

प्रसाईँलाई पक्राउपछि दुई पटक गरी सात दिनको म्याद थप गरिएको थियो। अदालतले उनी घाँटीको क्यान्सरबाट पीडित रहेको र नियमित उपचारमा रहेको अवस्थालाई समेत ध्यान दिएको जनाएको छ।

आदेशमा अदालतले प्रसाईँ भाग्ने वा प्रमाण नष्ट गर्ने स्पष्ट आधार नदेखिएको भन्दै लामो समयसम्म हिरासतमा राख्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ।

प्रसाईँलाई गत सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनका समर्थकहरूले वीरगञ्जमा रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *