वीरगन्ज :

सवारीको पहिचान सहज बनाउन ट्राफिक प्रहरीको विशेष अभियान, नम्बर प्लेट स्पष्ट राख्न आग्रह

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.8kViews
1839 Shares

वीरगंज (पर्सा), ७ जेठ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले सवारी साधनका नम्बर प्लेट दुरुस्त र स्पष्ट बनाउन एक हप्ते विशेष अभियान सञ्चालन गरेका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सवारी साधनको सहज पहिचान सुनिश्चित गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत विभिन्न स्थानमा विशेष चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा नम्बर प्लेट नराखिएका, मेटिएका वा स्पष्ट रूपमा नदेखिने नम्बर प्लेट भएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई नम्बर प्लेट स्पष्ट रूपमा राख्न/लेख्न निर्देशन दिइएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार अस्पष्ट नम्बर प्लेटका कारण दुर्घटना वा आपराधिक घटनामा संलग्न सवारी साधनको पहिचानमा समस्या हुने भएकाले अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो । कार्यालयले सबै सवारी चालकलाई आफ्ना सवारी साधनमा स्पष्ट नम्बर प्लेट राख्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्रामा सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *