वीरगन्ज :

बाराको बारैनिया बजारको सडक विस्तार अभियान तीव्र,३० फिट चौडा बनाउन घर टहरा हटाइयो

श्रेणी : BANNER

8 hours
Pradeep Sah
2.8kViews
1498 Shares

वीरगन्ज,०७ जेठ । बाराको विश्रामपुर गाउँपालिका–२ अन्तर्गत पर्ने बारैनिया बजारको उत्तरतर्फ जाने सडक विस्तार कार्य सुरु गरिएको छ। सडकलाई ३० फिट चौडा बनाउने योजनाअन्तर्गत सडक क्षेत्रभित्र परेका घर तथा टहरा डोजर प्रयोग गरी हटाइएको छ।

प्रदेश सरकारको सशस्त्र अनुदानमार्फत २५ लाख रुपैयाँको लगानी तथा गाउँपालिकाको सहकार्यमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ। सडक विस्तार कार्यका क्रममा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो, वडा नम्बर २ का अध्यक्ष मनोज यादव, वडा नम्बर १ का अध्यक्ष सन्तोष पटेल तथा उपमेयरका पति कृष्ण प्रसाद शाहको उपस्थिति रहेको थियो।

त्यसैगरी इलाका प्रहरी कार्यालय गण्डकबाट प्रहरी टोली परिचालन गरिएको थियो। छतवा र बलिरामपुर क्षेत्रका प्रशासनिक प्रतिनिधिहरू तथा स्थानीयवासीको समेत उपस्थितिमा सडक क्षेत्रका संरचना हटाउने कार्य सम्पन्न गरिएको हो। स्थानीयवासीका अनुसार सडक विस्तारपछि आवतजावत सहज हुनुका साथै बजार क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *